काठमाडौं - पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
पूर्वी नवलपरासीको प्रतापपुर गाउँपालिका ३, सोमनीकी ३५ वर्षीया अनीता हरिजन त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हामफालेकी हुन् ।
घटनाबारे जानकारी पाउनासाथ बीओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको हो । उद्धारपछि उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।
0 comment