काठमाडौं - फाइनान्स कम्पनीहरुमा खराब कर्जा उच्च रुपमा बढेको छ । सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीले चालु आवको दोस्रो त्रैमासमा एक खर्ब ३४ अर्ब २६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा नौ दशमलव ७२ प्रतिशत कर्जा खराब देखिएको हो ।
फाइनान्स कम्पनीहरुमा रहेको यो खराब कर्जा गत आवको सोही अवधिको तुलनामा बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा आठ दशमलव ३७ प्रतिशत कर्जा खराब देखिएको थियो ।
फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार मल्टीपर्पस, प्रोग्रेसिभ र गोर्खाज फाइनान्समा पछिल्लो अवधिमा क्रमशः पाँच दशमलव ४५, सात दशमलव ५७ र तीन दशमलव शून्य ६ प्रतिशत कर्जा खराब देखिएको छ ।
गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ४८, १२ दशमलव ४५ र तीन दशमलव ६१ प्रतिशत थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिमा रिलायन्स, सेन्ट्रल, मञ्जुश्री र नेपाल फाइनान्समा पनि क्रमशः १४ दशमलव ३१, ११ दशमलव शून्य चार, तीन दशमलव ८६ र १० दशमलव ४६ प्रतिशत कर्जा खराब देखिएको छ ।
गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ९५, नौ दशमलव ४४, तीन दशमलव ५० र १० दशमलव ५२ प्रतिशत थियो ।
गुडबिल, गुह्येश्वरी मर्चेन्ट, श्री इन्भेस्टमेन्ट र आईसीएफसी फाइनान्समा पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः ६ दशमलव ७७, आठ दशमलव १८, तीन दशमलव ७१ र तीन दशमलव शून्य सात प्रतिशत कर्जा खराब देखिएको छ ।
गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा क्रमशः पाँच दशमलव २३, ६ दशमलव ४५, एक दशमलव ९४ र दुई दशमलव २१ प्रतिशत कर्जा खराब देखिएको थियो । चालु आवको दोस्रो त्रैमासमा पोखरा, बेस्ट, समृद्धि र जानकी फाइनान्समा पनि क्रमशः ३३ दशमलव ४४, तीन दशमलव ८६, १९ दशमलव ३४ र ४० दशमलव ८० प्रतिशत कर्जा खराब रहेको छ ।
गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ७६, तीन दशमलव ३२, चार दशमलव ६८ र १९ दशमलव ९९ प्रतिशत रहेको थियो ।


0 comment