काठमाडौं - बुधबार नेपाली बजारमा सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


0 comment