काठमाडौं - नेपाली बजारमा मङ्गलबार छापावाल सुनको मूल्य तोलामा नौ सय र चाँदीको १५ रुपैयाँ घटेको छ।  

आज सुन तोलामा एक लाख ५९ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य घटेर तोलामा एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।