काठमाडौं - कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच कुमारीका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभरिकै शाखाबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँको छुट प्रदान गरिनेछ साथै उपचारका क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा पाँच प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन् क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायत सेवा प्रदान गर्दै अएको छ ।

कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइहरु सञ्चालनमा छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ ।