काठमाडौं - अधिक तरलता नियन्त्रणमा नआएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैंयाँ तान्ने भएको छ ।

कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो   
राष्ट्र बैंकका अनुसार आज अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति माघ २७ गते तोकिएको छ । 

राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।  

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।