काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन नयाँ राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम दाङ जिल्ला भेलालाई शनिबार घोराहीमा सम्बोधन गर्दै प्रमुख सचेतक परियारले जनताको माग र आवश्यकता एकातिर राखेर ठूला दलहरू निहीत स्वार्थमा केन्द्रित हुँदा मुलुकले निकास पाउन नसकेको आरोप लगाए ।
रास्वपाका केन्द्रीय सदस्य एवं सांसद सोविता गौतमले देश र समाज बदल्न सबै मिलेर जानुको विकल्प नभएको बताए । अब आउने निर्वाचनमा देश र जनताको हितमा काम गर्ने युवालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए ।


0 comment