काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १० ले बढेर १ हजार ८४० रुपैयाँ कायम भइरहेको महासङ्घले जनाएको छ ।


0 comment