नेप्सेको उकालो यात्राले साताको चौथो कारोबार दिन आज (बुधबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ६ दशमलव १६ अंकले उकालो लागेको नेप्से आज पनि ६ दशमलव ५३ अंकले उकालो लागेर २६ सय ५३ दशमलव ३८ अंकमा चढेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शून्य एक अंकले उकालो लागेर चार सय ५१ दशमलव ५० विन्दुमा चढेको छ ।
नेप्सेमा आज ३०५ वटा कम्पनीको ७२ हजार १२० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ५५ लाख दुई हजार सात सय ५१ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम ६ अर्ब ४० करोड ७९ लख ९२ हजार सात सय ८४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको सेयर कारोबार भएका छन् । सोमध्ये सातवटा समूहको सूचक घटेका छन् भने ६ वटा समूहको सूचक बढेका छन् । आज वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ६६ अंकले घटेर १३ सय ९० दशमलव ६१ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि १७ दशमलव ११ अंकले घटेर १२ हजार ६ सय २२ दशमलव ३१ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः चार दशमलव ३३, शून्य दशमलव ३९, शून्य दशमलव शून्य दुई, पाँच दशमलव १३ र ७१ दशमलव ३७ अंकले घटेका छन् ।
विकास बैंक समूहको सूचक भने एक सय ३८ दशमलव ५८ अंकले बढेर पाँच हजार ६ सय दुई दशमलव ५७ अंकमा चढेकामा फाइनान्स समूहको सूचक पनि एक सय ४२ दशमलव ६४ अंकले बढेर तीन हजार एक सय २६ दशमलव ८९ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक पनि ९ दशमलव ५८ अंकले बढेर तीन हजार ६ सय ८९ दशमलव ८३ अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि ५१ दशमलव ९६ अंकले बढेर १२ हजार आठ सय ५८ दशमलव १२ अंकमा चढेको छ । यीबाहेक उत्पादनमूलक र लघुवित्त समूहको सूचक पनि क्रमशः २७ दशमलव ७९ र ७८ दशमलव ६९ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा समृद्धि फाइनान्स परेको छ । बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने आज ङादी ग्रुप पावर लिमिटेड परेको छ ।


0 comment