काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से ४. ६३ अङ्कले बढेर २५८६. २३ बिन्दुमा बन्द भएको छ ।
साताको अन्तिम दिन आज ३१५ कम्पनीको १ करोड ८६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोडको सेयर कारोबार भएको छ ।
आज ८ उपसूचकमा हरियाली देखिएको छ। आज विकास बैङ्क समूहको २. ४० प्रतिशत, फाइनान्स समूहको ०. ४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०. ६९ प्रतिशत, हाइड्रोपावर समूहको १. ८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर किनबेच भएको छ। आज यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९. ९६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले आज ५ प्रतिशतका दरले गुमाएका हुन् ।


0 comment