Wake = पदको चिन्ह, घटना घटेपछिको अवस्था The policemen converged on the spot in the wake of a bomb blasting बम पड्केको ठाउँमा उत्तिनखेरै प्रहरीहरू जम्मा भए ।
Yack = ठूलोठूलो स्वरले धेरैबेरसम्म कुरा गरिराख्नु I always avoid her as she is used to yacking ठूलो ठूलो स्वर गरि अरूलाई बोल्नै नदिइ आफैमात्र कुरा गर्ने वानी भएको हुँदा म तिनीलाई देख्यानदेखै गर्दछु ।
Zomble = जिउँदो मुर्दा, कसैको ख्याल नगरी आफ्नै तालमा हिड्ने He is a zomble and does not care what is happening around him ऊ आफ्नै तालको मान्छ हो आफ्नै वरिपरि समेत के भइरहेछ भन्ने कुरा उसलाई थाहा हुँदैन ।
Aesthetic = सौन्दर्यको प्रशंसक He is an aesthetic person ऊ सौन्दर्यको प्रशंसक हो ।
Buttress = समर्थन गर्नु, बल पुर्याउनु, जोड गर्नु Debaters always buttress their argument with facts वक्तृत्व कलामा भाग लिनेहरूले तथ्यमा आधारित हुंदै आफ्नै तर्कको पक्षलाई जोड गर्दछन् ।
Coalesce = मिसिनु All the rivers coalesce into the sea सबै नदिहरू समुन्द्रमा गएर मिसिन्छन् ।
Deterrent = निरुत्साही Rules and regulations alone can not serve as a deterrent to the corrupt administrators भ्रष्ट प्रशासकहरूलाई रुल नियमले मात्रै निरुत्साहित गर्न सक्तैन ।
Emulate = प्रेरणाको रुपमा लिई त्यसभन्दा झन् राम्रो गरी देखाउनु He always tries to emulate his elder brother's achievement ठूलो दाजुले गरेको उपलब्धीबाट प्रेरणा लिंदै ऊ सधै झन् राम्रो गर्ने कोशिस गर्दछ ।
Flagrant = कपटपूर्ण The Prime-minister's appointment of his brother to ambassador was a flagrant violation of diplomatic tradition कुटनैतिक परम्पराको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफ्नो भाइलाई राजदुतमा नियुक्त गर्नु कपटपूर्ण थियो ।
Gullible = सजिलै छक्किने । अरुको कुरामा सजिलै विश्वास गर्ने Gullible people can easily be exploited by a cunning liar अरुको कुरामा सजिलै विश्वास गर्ने मानिस सजिलै धुर्तको फेला पर्दछ ।
Hold बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Hold something = समात्नु The child is holding her father's hand बच्चाले आफ्नो वावुको हात समातिरहेको छ ।
Hold somebody tight = अंगालिनु The lovers held each other tight प्रेमी प्रेमीकाले एक अर्कालाई अंगालोमा कसे ।
Hold somebody in = च्याप्नु Mother is holding her baby in her arms आमाले आफ्नो बच्चालाई काखीमा च्यापेकी छिन् ।
Hold somebody = नछोडनु Hold the thief until the police arrive प्रहरी नआउञ्जेल चोरलाई नछोड ।
Hold something = रोक्नु This dam is weak and can not hold the flow of water यो वांध कमजोर छ पानीको प्रवाह रोक्न सक्तैन ।
Hold something up = ठाडो पार्नु Hold your head up ! तिम्रो टाउको ठाडो पार !
Hold something out = तन्काउनु I can not hold my arms out म मेरो पाखुरा तन्काउन सक्तिन ।
Hold somebody down = सम्हाल्नु Even three nurses could not hold him down while injecting सुइ लगाउदा ३ जना नर्सहरुले पनि उस्लाइ सम्हाल्न सकेनन ।
Hold something out = तन्काउनु I can not hold my arms out म मेरो हात तन्काउन सक्तिन ।
Hold somebody still = हल्लन नदिनु Hold yourself still while taking photograph फोटो खिच्दा तिमीले आफुलाई नहल्लाउ ।



0 comment