काठमाडौं - आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


0 comment