काठमाडौं - नेपाली बजारमा आज सुन प्रतितोला दुई हजारले वृद्धि भएको छ ।
मङ्गलबार एकतोला सुन तोलामा एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज बढेर एक लाख ५४ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ ।


0 comment