काठमाडौं - नेपाली बजारमा आज सुन- चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यसैगरी, आज चाँदी ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।