काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९.९७ अङ्कले बढेर २,७५८.०४ को विन्दुमा कायम भएको हो ।
आज ३१४ कम्पनीको दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर १ लाख ३ हजार ४ सय ८१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ बराबरको कारोबार भएको छ ।
बैङ्किङ ०.५९, विकास बैङ्क १.७२, वित्त १.९७ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ९.७० र होटल तथा पर्यटन समूह ४.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, जलविद्युत् ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन तथा प्रशोधन समूह ०.१५, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.४१ र निर्जीवन बीमा ०.२० प्रतिशतले बढेको छ ।
तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा ८.७२ प्रतिशतको गिरावट देखिएको छ ।।
0 comment