काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९५ अङ्कले उकालो लागेर २७४८.७८ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३३ अङ्कले उकालो लागेर ४८६.०३ पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा ७ उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो ।
कूल २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर १० अर्ब ३२ करोड तीन लाख ३१ हजार ४३६ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । न्यादी ग्रुप पावर ९.७९ र माछापुच्छ्रे बैङ्कको लगानीकर्ताले ९.५६ प्रतिशतले कमाएका छन् ।
यस्तै, रावा इनर्जी ९.१२, कुर्थली कुखरी स्मल हाइड्रोपावर ७.३२, पिपल्स हाइड्रोपावर ६.०८, सुपर माई हाइड्रोपावर ४.९२ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ४.३६ प्रतिशतले गुमाएका छन् ।
0 comment