काठमाडौं ।
राष्ट्रिय मातृभूमि पार्टीको सचिवालय वैठक सम्पन्न भएको छ । सचिवालय बैठकमा वर्तमान राजनैतिक परिवेसको बारेमा विस्तृत रुपमा छलफल भएको थियो । सचिवालय बैठकमा पछिल्लो समय मौलाउदै गएको भ्रष्ट्रचार घुसखोरी दिन दिनै बढीरहेको महङगीका बारेमा पनि व्यापक रुपमा छलफल भएको पार्टीका अध्यक्ष रामशरण पाण्डेले विसाल नेपाल अनलाइन न्युजलाई बताए ।
पार्टीको सचिवालय बैठकले भ्रष्ट्रचार संस्थागत हुँदै जानु र भ्रष्ट्रचारको मुल उत्पत्तीको जड नै स्थानीय सरकार भएको र स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरु नै भ्रष्ट्रचारमा मुछिनु भनेको क्षम्य विषय नभएको निष्कर्ष वैठकको रहेको र स्थानीय तहको भ्रष्ट्रचारको अन्त्य गर्नका लागि भ्रष्ट्रचार विरुद्धको अभियान वडास्तरबाट थाल्ने निर्णय पार्टीको निर्चोड रहेको अध्यक्ष पाण्डेको भनाई थियो ।
सहकारी प्रकरणको विषयमा पनि पसिना बगाएर कमाएको पैसा सहकारीमा जम्मा गरेको हुनाले सहकारी प्रकरणमा जो सुकै भएपनि कानुन अनुसारको सजाय पाउनु पर्छ र यो मुलुकमा एमाले कांग्रेस सत्तारुढ पार्टीका नेता सहकारीमा संलग्न भएका खबरहरु छन र रवि लामिछानेलाई जस्तै अन्य पार्टीकाहरुलाई पनि सहकारीमा नाम जोडिएकाहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्छ र सहकारीको रकम पिडितलाई फिर्ता गर्नुपर्छ भन्ने धारणा राष्ट्रिय मातृभूमि पार्टीको रहेको कुरा पार्टीका अध्यक्ष पाण्डेले विसाल नेपाल अनलाइन न्युजलाई बताए ।
0 comment