काठमाडौं - नेपालीहरुको महान चाड दशैँको यतिखेर नेपालभर र नेपाल बाहिर पनि निकै रौनक छ 

आज महाअष्टमी र महानवमी पर्व एकैदिन परेको थियो ।

शक्तिपीठहरुमा मानिसहरुको आज दिनभर जसो भीड लागेको छ।

भोलि ठूला बढाहरुले टीका र जमरा लगाइ दिएर आशिर्वाद दिने मुल विजया दशमी हो । 

 यो वर्ष विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

यसपटक टिका लगाइदिने व्यक्ति पश्चिम  फर्कनुपर्ने र  टिका लगाउने वा थाप्ने मानिस पूर्व फर्कनुपर्ने ज्योतिषविज्ञले बताएका छन ।

 घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भने विजयादशमीको दिन बिहान ८ बजेर ३३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक  विकास समितिले जनाएको छ  ।