काठमाडौं —काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको निधन भएको छ ।
रामनारायण शाहलाई पिसाबमा संक्रमण भएपछि आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो । संक्रमण शरिरमा फैलिएर शाहको उपचार भेन्टिलेटरमा राखेर भइरहेको स्रोतले बतायो ।
भेन्टिलेटरमा राखेर उपचार भएको थाहा पाएपछि शाहलाई भेट्न सोमबार बिहान आन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेकी थिइन् ।
यस समाचारमा मेयर शाहकोका पिताको फोटोको सट्टामा सुरुमा अन्यथा भएकोमा विशालनेपाल टिम क्षमा प्रार्थी छौँ ।


0 comment