काठमाडौं - डडेल्धुरा जिल्ला कारागारबाट डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ जना कैदीबन्दी नियन्त्रणमा आएका छन् । जेन जि आन्दोलनपश्चात् आज बिहान आन्दोलन गरी डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीवन्दी मध्ये ३३ जनाले नेपाली सेनाको सहयोगमा प्रहरीले पुन: समातेको हो ।

नेपाली सेनाले दिएको जानकारी अनुसार, बुधबार ३३ जना कैदीलाई नियन्त्रणमा लिइएको हो । बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । 

सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागिरहेका छन् । विभिन्न कारागारका कैदीहरूले आगजनी समेत गरिरहेका छन् ।

भागेका कैदीहरुलाइ खोज्ने क्रम जारी रहेको डडेल्धुरा कारागार प्रमुख सन्तोष भट्टले बताए । डडेल्धुरा कारागारमा १२७ जना कैदीबन्दी थिए । ३३ जना फरार कैदिबन्दिलाई समातेको अन्यको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।