काठमाडौं - बानेश्वर क्षेत्रमा भएको झडपमा प्रदर्शनकारीसहित प्रहरी पनि घाइते भएका छन् ।

दुई प्रहरीसहित केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

अन्य केही घाइतेहरुको ट्रमा सेन्टरमा पनि उपचार भइरेको छ । भ्रष्ट्राचार र बेतिथिविरुद्ध जेनजीले काठमाडौंसहित देशव्यापी प्रदर्शन गरेका छन् ।