काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले आजदेखि २३ औं सत्याग्रह सुरु गर्दैछन् ।
सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट संख्या बढाएको विरोधमा डा. केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रह सुरु गर्न लागेका हुन्। सिट संख्या थप गर्ने निर्णय फिर्ता लिन सरकारले चासो नदिएपछि सत्याग्रहको बाटो रोज्न बाध्य भएको डा. केसीले बताएका छन् ।
चिकित्सा शिक्षा आयोगले १०० सिट संख्या तोकेको सबै निजी मेडिकललाई सिट बढाएर १३० पुर्याएको छ। सरकारीमा भने सिट बढेको छैन्।
आयोगको २१औं बैठकले एमबीबीएसमा ४९५ सिट थपेर २,६३५ पुर्याएको छ। बीडीएसको सिट ६२५ बनाइएको छ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राखेर २०६९ देखि पटक-पटक अनसन बस्दै सरकारलाई खबरदारी र ध्यानाकर्षण गराउँदै आएका छन् ।


0 comment