काठमाडौ: लागूऔषध कारोबारमा सलग्न एक जनालाइ मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी बस्ने वर्ष ४५ को राज कुमार मोक्तान रहेका छ्न। मोक्तानलाइ ठुलोथली स्थित पैदल हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध कारोवार भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई फेला पारी खानतलासी गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाई राखेको अवस्थामा २१०० ट्याब्लेट लागूऔषध ट्रामाडोल फेला परेको थियो। ।
उक्त लागूऔषध बरामद गरी निज राज कुमार मोक्तानलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध मुद्धामा म्याद लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता श्यामु अर्यालले जानकारी दिनुभयो।


0 comment