काठमाडौं - राष्ट्रिय मातृभूमि पार्टीको भातृ संगठन युवा मातृभूमि सक्ति (युमास) ले नेपाली भुमि लिपुलेकबाट व्यापारिक नाका खोल्न गरेको सम्झौताको विरुद्ध राँके जुलुस सहितको विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
सयौँको संख्यामा परिचालित प्रहरीले राँको निभाएको थियो ।
कार्यक्रमको नेतृत्व युमासका केन्द्रिय संयोजक डीबी बिकले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा संयोजक बिकले लिपुलेक सम्झौतासँगै सरकारले चार पाङ्ग्रे सवारीमा एम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरुद्ध सहयोग र समर्थनमा उपस्थित हुन युवा र विद्यार्थीहरु तथा सञ्चारकर्मीसँग अनुरोध गरेका थिए ।


0 comment