काठमाडौ: बकाठमाडौ प्रहरीले लागुऔषध खैरो हेरोइन सहि ४ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं. २ घर भई हाल अत्तरखेल बस्ने वर्ष ४१ को यम बहादुर क्षत्री, काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं. ९ साँखु घर भइ बस्ने वर्ष २४ को रोसन कार्की, जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ११ बस्ने वर्ष २२ को जलील अहमत सई,सोही ठाउँ बस्ने वर्ष ३१ को प्रेम राई दास रहेका छन।
काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेल स्थित सडक खण्डमा संकास्पद गतिविधि गर्दै गरेको अवस्थामा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा केहि व्यक्तिहरूको साथबाट लागू औषध खैरो हेरोइन १० ग्राम र नगद रु. ५० हजार बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।
यसै गरि काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा बर्दियादेखि काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ५५२२ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भई आएका व्यक्तिहरूलाई शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागू औषध खैरो हेरोइन ७.५० ग्राम बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिल राज बोहराले जानकारी दिनु भयो।


0 comment