काठमाडौ:काठमाडौ जिल्ला काठमाडौ महानगरपालिकाम वडा नं १६ चमती स्थित बस्ने शिव राज दराइ डेरा गरी बस्ने कोठा शंका लागि चेकजाँच तथा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल थान – १सोही पेस्तोल लाग्ने म्याग्जिन थान – २ र ७ .६५ एम एमको गोली राउण्ड थान – ७ बरामद गरेको छ।
दराइलाई खोजतलास गर्ने क्रममा काठमाडौको टोखा नगरपालिकापा वडा नं. ९ स्थित होटलको कोठाबाट जिल्ला धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौ जिल्ला वडा नं. १६ चमती डेरा गरी बस्ने वर्ष २९ को शिव राज दराइलाई पक्राउ गरी हातहतियार खरखजाना सम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरी परिसर काठमाडैले जनाएको छ।
साथै पक्राउ परेका शिव राज दराइ विरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ असोज १८ गते अभद्र मुद्दा र २०८० कार्तिक १९ गते लागु औषध मुद्दा समेत चलेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।


0 comment