काठमाडौं - कैलाली कारागारमा भएको घटनाबारे छानबिन गर्न समिति बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
त्यस समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेका छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।
शुक्रबार राति कारागारमा दुई पक्षबीच झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच सोही घटनाबारे गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।


0 comment