काठमाडौ :लागुऔषध नियन्त्रण ब्युरोको टोलिले लाओसबांअ ल्याउदै गरेको ठूलो परिमाणमा लागि औषध बरामद गरेको छ।
लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले लागू औषध बरामद गरेको हो ।
हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरुको ब्यक्तिगत बिबरण जाछ गर्ने क्रममा लाओसबाट बैकक हुँदै काठमाण्डौ आएका उत्तर प्रदेश जानुनपुर, भारत ठेगाना भएका बर्ष ३५ को फिरोज अहमद लाई त्रि.अ.बि. गौचरणको अराईभल एरियाबाट लागु औषध सेतो हेरोईन ४ किलो सहित पक्राउ गरिएको हो।
त्यसै गरि लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले लाओस बाट बैकक हुँदै काठमाण्डौ आएका ईरोद तालिमनाडु, भारत ठेगाना भएका बर्ष ३२ को मौली स्वरान ,नानजुन्दा मोर्थि कुरानल भेल लाई त्रि.अ.बि. गौचरणको अराईभल एरियाबाट सेतो हेरोईन ३ किलो ८०० ग्राम सहित पक्राउ गरिएको हो ।
साथै निज उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको छ ब्युरोका प्रमुख कृष्ण कोइरालाले जानकारी दिनु भयो।


0 comment