काठमाडौं - संघीय निजामती सेवा विधेययकको ‘कुलिङ अफ पिरियड’मा गडबडी हुनुमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवलाई दोषी किटान गरिएको छ ।

त्यस सम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले  सभापति रामहरि खतिवडा  र सचिव सुरजकुमार दुरा मुख्य जिम्मेवार हुने भन्ने भाषा  प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच समितिका सभापति जीवन परियारले सभामुख घिमिरेलाई प्रतिवेदन बुझाएका हुन्।

समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा ‘समिति सभापति र सचिव यसमा मुख्य जिम्मेवार हुने भन्ने भाषा लेखिएको छ। साथै विषयगत र प्रत्यक्ष संलग्न भएकाहरू पनि यसका जिम्मेवार हुन भन्ने उल्लेख गरिएको छ ।सभापतिको खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको पनि उल्लेख गरिएको छ ।