काठमाडौ:प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरनपालिका वडा नं. १५ रातोमाटे चेकपोष्ट अगाडी सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०४१४ नं. को यात्रुबाहक ईभि गाडीमा सवार भई आएको गाडी चेक जाच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो। 

जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १ बस्ने बर्ष २२ को समिर मोक्तान र जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ घर भई हाल जिल्ला मकवानपुर     वडा नं. १० बस्ने बर्ष २४ को सिद्धार्थ आलेमगरलाई शंका लागी खानतलासी गर्दा निजहरुको साथबाट  लागुऔषध  खैरोहेरोईन ९ ग्राम २०० मिलि ग्राम फेला परेको हुंदा उक्त लागुऔषध बरामद गरी निजहरु समिर मोक्तान र सिद्धार्थ आलेमगरलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा थप अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता श्यामु अर्यालले जानकारी दिनु भयो।