काठमाडौ:प्रहरी बरिष्ठ उपरीक्षक  कृष्ण कोइराला लागुऔषध नियन्त्रण ब्युरोको जिम्मेवारी सम्हालेसँगै राम्रो कामको सुरुवात गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक  दीपक थापाले पुरस्कृत गर्नु भयो।

एसएसपी कोइरालाले ब्युरोमा बसेर पनि कामको नतिजा दिन नसकेका २३ जना प्रहरीलाई फिर्ता दरबन्दी फिर्ता पठाएका छन् ।
एसएसपी कोइरालाका अनुसार हाल ब्युरोमा ५१ जना प्रहरी दरबन्दीका छन् भने १५० अन्य युनिटबाट काजमा खटिएका छन्। उनले कार्यप्रकृति अनुसार नसुहाउँदा कर्मचारीलाई क्रमिक रूपमा पहिचान गरी हटाउने बताए।

काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार लागुऔषध नियन्त्रण ब्युरोको दरबन्दी ७८ जना रहेको छ । 

त्यसमध्ये हाल ५१ जना प्रहरी दरबन्दीका रहेको बताए । बाँकी १ सय ५० जना कर्मचारी विभिन्न अन्य युनिटबाट दरबन्दी भई काजमा खटाइएका रहेको बताए । उनले आफूले ब्युरोको नेतृत्व सम्हाल्दा २२४ जना रहेकोमा युनिफर्म लगाउन नपर्ने, ड्युटी सहज हुन्छ भन्ने खालका ३३ जनालाई ब्युरोबाट फिर्ता पठाएको बताए ।

प्रमुख कोइरालाका अनुसार लागुऔषध ब्युरोको दरबन्दी ७८ जना मात्रै हो । त्यसमध्ये ५१ जना दरबन्दीका प्रहरीहरू कार्यरत छाैँ भने बाँकी १ सय ५० जना कर्मचारी विभिन्न अन्य युनिटमा दरबन्दी भएर काजमा खटाइएका गरिकन हाल २ सय १ जना छौँ । 

म हाजिर हुँदा २ सय २४ जना कर्मचारीहरू थिए । कार्यालयको कार्य प्रकृति अनुरूप नसुहाउँदा अर्थात नतिजा दिन नसक्ने कर्मचारीहरू क्रमिक रूपमा पहिचान गरेर छाँट्ने काम गर्दै छौँ । २४—२५ जनालाई पठाइसकेका छौँ । ड्युटी सजिलो हुन्छ, युनिफर्म लगाउन पर्दैन त्यो हिसाबका मान्छेहरू पनि जम्मा भएर बस्ने खालको प्रवृत्ति देखिएका त्यस्तालाई फिर्ता गर्ने प्रमुख कोइरालाको भनाइ छ।