काठमाडौ:बिभिन्न नाकाबाट विदेशी नागरिकहरू नेपाल प्रवेश गरी लागु औषध कोकिन कारोवार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा निग्रानी गर्दा लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले १ के.जि. ६०६ ग्राम कोकिन सहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ ।
ब्युरोले कोकिन ३२ ग्राम सहित २ जना विदेशी नागरिक प्रकाउ पक्राउ गरेको छ। मिति २०८२ ध्रावण १२ गतेका दिन जिल्ला
काठमाण्डौ,नागार्जुन नगरपालिका वडा नं. ३, ईचङ्गुनारायबाट शंकास्पद अवस्थामा कोकिन विक्री गर्न बसी रहेका एरिटेरिएन नागरिक बर्ष ३७ को युसुफ अटोम लाई लागु औषध कोकिन ३२ ग्राम सहित पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा निज बसेको होटेल कोठाबाट रसियन नागरिक बर्ष ४४ को आन्द्रेइ मालेसेभ सहित दुई जना बिदेशी नागरिकलाई पक्राउ गरेको हो ।
त्यसै गरि ब्युरो टोलिले कोकिन १ के.जी.५७४ ग्राम सहित २ भारतिय नागरिक पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिहरुको शंकास्पद गतिविधी पहिचान गरी निग्रानी गर्ने क्रममा मिति २०८२ श्रावण १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै जिल्ला काठमाण्डौ वडा नं.९ सिनामंगल स्थित एक होटेलमा प्रवेश गरेकी भारतीय महिला बर्ष ३५ की रुबिना अब्दुल्लाह शेखलाई निजले साथमा बोकेको व्यागमा लुकाई छिपाई ल्याएको लागु औषध कोकिन १ किलो ५७४ किलोग्राम सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा मिति २०८२श्रावण १४ गते उक्त लागु औषध कोकिन लिन आएका भारतीय नागरिक बर्ष ३३ को अरुण प्रताप समेतलाई सोही होटेलबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
पक्राउ परेकाहरु माथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्ण कुमार कोइरालाले बताउनु भयो।


0 comment