काठमाडौ - ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागू औषध सहित एक जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला बारा विश्रामपुर गाँउपालिका वडा नं. १ घोडासहन बस्ने अं.बर्ष २२ को अजमुलहक अंसारी रहेका छन।
जिल्ला बारा फेटा गाँउपालिका वडा नं. १ भलुहि स्थितमा कलैया बाट प्रसौनी तर्फ पैदल आउदै गरेको अन्सारी माथि शंकास्पद लागि रोकी निजको शरिर खानतलासी गर्दा २ वटा प्लाष्टिको पुरीयामा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर ६ सय मिलिग्राम र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १ सय ४६ ग्राम ५८० मिलिग्राम निजको साथबाट वरामद गरि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख रामेश्वर यादबले जानकारि दिनु भयो।


0 comment