काठमाडौं - मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) पुर्पक्षका लागि कारागार चलान भएका छन्। जबरजस्ती करणीको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार उनलाई थुनामा पठाउन आदेश गरेको हो।

जिल्ला सरकार वकिल कार्यालय काठमाडौंले अहिराजविरुद्ध मंगलबार मुद्दा दायर गरेको थियो ।एक युवतीले आफूमाथि पटक-पटक करणी गरेको अभियोगमा अहिराजविरुद्ध किटानी जाहेरी दिएपछि उनी  फरार रहँदै आएका थिए ।