काठमाडौ: प्रहरी कार्यालय मकवानपुले लागूऔषध ट्रामाडोल ९००० क्याप्सुल सहित १ जना पक्राउ गरेको छ।पक्राउ पर्नेमा  जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं १३ आदामार बस्ने वर्ष ३० को प्रविन लामा रहेका छन।
मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं १३ आदामार स्थित सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामाबस्ने प्रविन लामालाई खानतलासी गर्दा निजको साथबाट ३००० क्याप्सुल ट्रामाडोल बरामद भएको हो।

उक्त लागूऔषधको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा जिल्ला मकवनापुर हेटौडा उपमहानगरपालिका वडा नं. १२ बस्ने एकजना व्यक्तिसँग खरिद गरि ल्याएको भनि प्रविन लामाले  बताएको थियो। लामाले बताए पछि बिक्रि गर्ने व्यक्तिलाइ पक्राउ गर्न जाने क्रममा बिक्रि गर्न आएका व्यक्तिले प्रहरीलाई देख्नसाथ साथमा बोकी ल्याएको झोला फाली फरार भएको थियो।

फालेको उक्त झोला खोली हेर्दा ६००० क्याप्सुल ट्रामाडोल फेला पारी बरामद गरिएको, उक्त बरामद लागूऔषध सहित प्रविन लामालाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध मुद्धामा म्याद लिई अनुसन्धान भईरहेको साथै फरार रहेका व्यक्तिको समेत खोजतलास भैरहेको प्रहरीले जनाएको छ।

त्यसै गरि मकवानपुर जिल्ला प्रहरी कार्यालयले लागुऔषध६४४३ एम्पुल डाईजेपाम सहित ४ जना भारतिय नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा
भारत जिल्ला मोतीहारी गाँउ पाञ्चायत सुगौली पोष्ट थाना बन्जरीया ग्राम सुगौली वाड ११ बस्ने बर्ष २४ को शेख गुल्जार, वाड नं. ९ बस्ने बर्ष २५ को बसिम अहमद, वाड नं. ३ बस्ने बर्ष १९ को नेसाब आलम र बर्ष ४३ को शेख सकुत रहेका छन।

त्यसै गरि  बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन बेस कुलेखानीबाट र इलाका प्रहरी कार्यालय भिमफेदीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउपालिका वडा नं. २ कुलेखानी हुदै काठमाण्डौ जादै गरेको BR05PA9093 नं.को भारतिय स्कारपियो गाडीलाई रोकी उक्त गाडीमा सवार भई आएका भारतिय नागरिकहरु माथी शंका लागी  गाडी समेतको खानतलासी गर्दा उक्त गाडी भित्र बिभिन्न भागमा फल्स बटम बनाई लिकाई छिपाई गरी ल्याईएको अवस्थामा लागुऔषध बरामद गरेको हो।

उनिहरुबाट लागुऔषध डाईजेपाम २२२६ एम्पुल, नुर्फिन २३५६ एम्पुल, प्रोमेथाईजिन हाईड्रोक्लोराईड १८६१ एम्पुल गरी जम्मा ६४४३ एम्पुल र ट्रामाडोल ४९ ट्याबलेट फेला परेको हुंदा उक्त  लागुऔषध  तथा सवारी साधन बरामद गरी निजहरु शेख गुल्जार, बसिम अहमद, नेसाब आलम र शेख सकुतलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुराका प्रबक्ता श्यामु अर्यालले जानकारी दिनु भयो।