बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको छ ।
संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल हुँदा अविश्वासको पक्षमा २२ र विपक्षमा १५ मत परेको हो।
अब संसदीय दलको नेता परिवर्तन भएपछि मुख्यमन्त्री पनि परिवर्तन हुने भएको छ । बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको थियो ।


0 comment