काठमाडौ: नेपाल पर्बतारोहण सघको निर्वाचनमा " पर्वतीय पर्यटनको बिकास, सरक्षण र समबर्द्धनको लागि मेरो उम्मेदवारी " नारा सहित फुर गेल्जे शेर्पाले यहि भदौ ७ गते हुन गैरहेको सघको निर्वाचनमा अध्यक्ष पदकोलागी राजधानीमा एक पत्रकार सम्मेलन गरि घोषणा गर्नु भएको छ।
सघको उम्मेदवारी घोषणा गर्दै शेर्पाले सघको बिधान र परिधी भित्र रहेर आफ्नो सदस्यहरुको हकहित सरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाउनु भयो। सरकार सग समन्वयगरी अन्तरास्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरु सन्चालन गर्ने पनि बताउनु भयो।
अध्यक्षमा निर्वाचित भए पछि हिमाल आरोहणमा विश्व किर्तिमान राखेकाहरुलाइ अन्तरास्ट्रिय बिमानस्थल्हर्मा विशेष सुबिधा उपलब्ध गराउनका लागि सरकार सङ्ग पहल गर्ने पनि बताउनु भयो।
आफ्नो जिवनमा सबै भन्दा बढी काम गरेको र समय बिताएको क्षेत्रनै पर्वतारोहण भएको ले आफ्नो जीवन को बाकी समय पनि नेतृत्वदायी भुमिकामा रहेर काम गर्ने चाहना भएको फुर गेल्जे शेर्पाले बताउनु भयो। आफ्नो उम्मेदवारीमा साथीहरु बाट साथ र सहयोगको पुर्ण आशा राखेको पनि शेर्पाले बताउनु भयो।


0 comment