काठमाडौ : जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२७ शिशुवा स्थितमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कि मातहत ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले लागू औषध सहित ३ जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नं. १ गुणादी बस्ने वर्ष ३८ को कमल थापा, जिल्ला धादिङ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बस्ने वर्ष ३१ को राजन क्षेत्री र जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ६ बस्ने वर्ष ४२ का सत्य नारायण चौधरी रहेका छन।

 पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आँउदै गरेको बसमा सवारहरुको शरीर खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर तौल गर्दा ४ ग्राम ३०० मिलिग्राम र मोवाईल थान ३ समेत बरामद भएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन १० म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्किका प्रबक्ता हरि बहादुर बस्नेतले जानकारी दिनु भयो ।