काठमाडौं- मिस होस्टल आयोजना हुने संस्कार सहितको आधुनिक शिक्षायुक्त व्यक्तिलाई व्यक्तित्व बनाउन मिस होस्टल नेपाल २०२५ आयोजना हुने भएको छ । काराओके इन्टरटेनमेन्टले होस्टल व्यवसायी संघसंगको सहकार्यमा यो बौद्धिक प्रतिभा सहितको सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो । विभिन्न क्षेत्रबाट अध्ययनको सिलसिलामा आई होस्टलमा बसेर उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । यस प्रतियोगितामा सहभागी हुनका लागि १६ देखि २४ वर्ष भित्रका युवतीहरुले आवेदन गर्न सक्ने जनाईएको छ । हिजो प्रेस भेटघाट आयोजना गरी बताईए अनुसार नेपाल पुलिसको भृकुटी मण्डपस्थित नवनिर्मित हलमा आगामी भाद्र १६ गते अन्तिम प्रतिष्पर्धा हुने कार्यक्रममा फाईनलिस्टका रुपमा ३० जनालाई छनौट गरिने छ ।
अन्तिम प्रतिष्पर्धा अघि उनिहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण उपलब्ध गराईनुका साथै विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत सहभागी गराईनेछ । प्रेस भेटघाटमा आयोजक संस्थाका अध्यक्ष खगेश रंजितकारले शिक्षा, स्वास्थ्य, खेलकुद आदि विविध क्षेत्रहरुको माध्यमबाट युवाहरुलाई प्रशिक्षित गराउँदै एउटा जिम्मेवार संस्कारयुक्त नागरिक उत्पादन गर्न आफुहरु लागिरहेको बताए । काराओके इन्टरटेनमेन्टले यस अघि पनि मिस टिन नेशनल, मिस्टर नेशनल, मिस नेवा आईकन, मिस नेवा वल्र्ड, स्पोर्टस् आईकन आदि जस्ता कार्यक्रम गरी युवाहरुलाई प्लेटफर्म उपलब्ध गराएको बताए । कार्यक्रममा बोल्दै होस्टल व्यवसायी संघका अध्यक्ष सुनील भेटवालले घर छाडेर होस्टलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अवसर उपलब्ध गराउन विभिन्न गतिविधि गर्ने सिलसिलामा यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमले विद्यार्थीका साथै होस्टल व्यवसायलाई समाजमा मर्यादित व्यवसायका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नु भयो । यसले आम अभिभावकहरुमा होस्टलहरुको परिचय हुने र त्यसले व्यवसायको पनि प्रवद्र्धन हुने कुरा बताए । कार्यक्रममा जानकारी गराईए अनुसार प्रतिष्पर्धीहरुलाई ¥याम्प वक, उदघोषण तथा वाककला प्रशिक्षणका साथै पूर्व प्रतियोगीहरुको अनुभव साट्ने जस्ता कार्य गरिनेछ । त्यस्तै उनिहरुलाई सम्पदा क्षेत्रको भ्रमण, फोटोसुट, हाईकिङ, स्व–मेकअप, मिडिया आदि विषयमा प्रशिक्षण उपलब्ध गराईनेछ । उत्कृष्ट हुने प्रतिष्पर्धीलाई नगद रु १ लाख, दोश्रोलाई रु ५० हजार र तेश्रो हुनेलाई रु २५ हजार नगदका साथै क्राउन, सास, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, ट्रफी आदि प्रदान गरिनेछ । स्रोतका अनुसार प्रतियोगितामा अरु ३० वटा सबटाईटल पनि वितरण गरिनेछ ।

0 comment