काठमाडौ: जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन सहित ७ जनालाइ पक्राउ गरेको छ। 
पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुली सुनकोसी गाउँपालिका वडा नं ३१ बस्ने वर्ष  ३१ को शंख बुद्ध लामा,  जिल्ला धादिङ थाक्रे गाउँपालिका वडा नं १ बस्ने वर्ष ३० विदुर कमर ,जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं ८ बस्ने रमेश तामाङ ,  जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं ४ बस्ने वर्ष ३५ को मनोज बि. क ,जिल्ला रामेछाप रामेछाप नगरपालिका वडा नं २ बस्ने बर्ष ३५ को कृष्ण बहादुर कार्की ,जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं १० मनमैंजु बस्ने वर्ष ४८ को विकाश थापा , जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं ४ घर भई हाल काठमाडौ जिल्ला वडा नं १४ कलंकीमा डेरा गरी बस्ने वर्ष ३४ को गुड्डु अहमद रहेका छन।

 काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगा स्थित एक खाजा घरको कोठामा लागु औषध खैरो हेरोइन कारोबार भई रहेको जानकारी प्राप्त भई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली उक्त स्थानमा गई चेकजाँच तथा खानतलासी गर्दा तपसिलमा उल्लेखित मानिसहरूको साथबाट लागु औषध खैरो हेरोइन ५४.५९ ग्राम बरामद गरी नियन्त्रणमा लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन १० म्याद थप अनुमति प्राप्त गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिल राज बोहराले जानकारी दिनु भयो  ।  

प्रहरीले पक्राउ परेका ब्यक्तिहरुबाट लागु औषध खैरो हेरोइन जम्मा तौल ५४.५९ ग्राम ,विभिन्न कम्पनीका मोबाइल सेटहरू थान-१० ,नेपाली विभिन्न दरका रुपैयाँ रु. ६९,५००/-,बागमती प्रदेश ०२-०३२ प ९६७४ नम्बरको NS मोटरसाइकल एक थान पनि बरामद गरेको छ।