काठमाडौं - न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ। आयोगको सोमबार बिहान बसेको बैठकले उनलाई यो पदमा नियुक्त गरेको हो।

पूर्व मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण आइतबारदेखि अवकाशमा गएपछि पद रिक्त भएको थियो। त्यसपछि पौडेललाई जिम्मेवारी दिइएको हो।

पौडेल यसअघि सर्वोच्च अदालतका रजिष्ट्रार थिए। सर्वोच्च अदालतमा २०७४ साल असार महिनादेखि मुख्यसचिव सरहको दर्जा हुने गरी मुख्य रजिष्ट्रार पद सिर्जना गरिएको हो।