काठमाडौ : जिल्ला प्रहरी परिसर काठमाडौ मातहत कार्यालय प्रहरी बृत कालिमाटीले सुनको सिक्री लुटेर फरर भएका एकजनालाइ पक्राउ गरेको छ।पज्राउ पर्नेमा जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका  वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलकी लिक मार्ग बस्ने वर्ष ३१ को दीपेश लम्साल रहेका छन।

 काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ लामपाटी स्थित सडकमा पैदल हिँड्दै गरेकी ऐ. लामपाटी बस्ने वर्ष ७३ की रुकमिणी रायमाझीले घाँटीमा लगाएको १ तोला २५.८ लाल तौल भएको सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने सूचना प्रहरीलाई feko थियो ।

प्राप्त सुचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले उक्त लुटपाटमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१४ कलंकीबाट  उक्त चोरी गरेको १ थान सुनको सिक्री सहित पक्राउ गरेको थियो। 
पक्राउ परेका लम्साललाइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन - ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिल राज बोहराले जानकारी दिनु भयो ।