काठमाडौ:नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठान शाखाले आज एक कार्यक्रमको आयोजना गरि इमेज च्यानल टेलिभिजनको नयाँ अध्यक्ष दिरेकलाल श्रेष्ठ र नव नियियुक्त समाचार प्रमुख जगदिश खरेललाइ स्वागत गरेको थियो।

 कार्यक्रमका प्रमुख अतिथी इमेज च्यानलका अध्यक्ष दिरेकलाल श्रेष्ठले ब्यवस्थापन पक्ष र कर्मचारी बिच कुनै भेदभाव नराखी पारिवारिक वातवरणमा इमान्दारिताका साथ सहकार्य गर्न सके च्यानलले सफलता पाउने कुरामा आफू बिस्वस्त भएको बताउनु भयो।

त्यसै गरि अतिथिको रुपमा बोल्नुहुदै नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले काम गर्ने सिलसिलामा सरकार वा कुनै पनि पक्ष बाट आक्रमण भएको खण्डमा नेपाल पत्रकार महासंघ सधै सन्चार गृहको पक्षमा रहने प्रतिबद्धाता ब्यक्त गर्नु भयो।
।
त्यस्तै नव नियुक्त समाचार प्रमुख जगदिश खरेलले हामी सबै मिलेर इमेज च्यानलको लोगोलाई जोगाइ राख्नु हाम्रो दायित्व भएको बताउनुका साथै बिगतमा इमेज च्यानलमा कर्मचारीको रुपमा काम गर्ने थुप्रै साथीहरु आज शिर्ष नेता देखि मन्त्री पद सम्म पुगेको सुन्न र देख्न पाउँदा खुशी लागेको बताउनु भयो।

अथिती नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले इमेज च्यानललाइ बिगतमा जस्तै आगामि दिनमा जस्तै सधै साथ र सहयोग कुनै कमि नहुने बताउनु भयो।
अन्तमा कार्यक्रमका सभापती नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठान शाखाका अध्यक्ष शकर खनाले नयाँ ब्यवस्थापन समुह र नवनियुक्त समाचार प्रमुखलाई स्वागत गर्न पाउँदा प्रतिष्ठान सम्पुर्ण पदाधिकारीहरुलाइ खुशी लागेको बताउनु भयो। साथै नयाँ  ब्यवस्थापनले पुराना ब्यवस्थापन पक्षबाट भए गरेका ट्रुटिहरु जस्तो ट्रुटी नहुने कुरामा आफू बिस्वस्त रहेको पनि बताउनु भयो।