काठमाडौं - भक्तपुरको बोडेमा दुई जना बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा आज विहान पौने ७ बजे बोडे सिन्टिटार स्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा उनीहरुलाई झुण्डिएको अवस्थामा फेला पारिएको हो ।
बोडेमा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीय सृजना कँडेल डेरामै झुण्डिएको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।


0 comment