काठमाडौ: जिल्ला प्रहरी कार्यालयको टोलिले एक जना महिलालाइ हनिट्र्याप कसुरमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला दैलेख नौमुले गाउपालिका वडा नं ८ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ९ बस्ने बर्ष २१ की शिन्दु चन्द रहेकी छिन।
मिति २०८१ साल भ्राद्र महिनामा प्रतिवादी शिन्दु चन्दले मनोज कोईरालाबिच जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालीका वडा नं. ६ बुद्दपथ स्थित रहेको बुलबुले भ्यु होटलमा बोलाई एक आपसमा चिनजान तथा सहमतिमा सम्बन्ध राखेको थियो ।
महिला शिन्दु चन्दले हनी ट्रयापमा पारी आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बेइमानीपुर्वक परिस्थिती खडा गरी बिभिन्न मितिमा पटक पटक गरी जम्मा रु.१४ लाख २५ हजार रुपैया नगद पीडितसँग रकम असुल गरेको थियो।
पिडितले प्रमाण सहित जाहेरी दिए पछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोलीले कसुरमा संलग्न चन्दलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा यस कार्यालयबाट थप अनुसन्धान कार्य भई रहेको ब्यहोरा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिर राज शाहीले जानकारी दिनु भयो ।


0 comment