काठमाडौ: जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलिले रोजगार दिलाइ दिन्छु भनि नेटवर्क बनाइ ठगी गर्ने गिरोह पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला डोटी सायल गा.पा वडा नं. २ घर भई हाल जि. सुर्खेत वी.न.न.पा मा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लिको संचालक बर्ष २६ को नरेश बोहोरा,
 जिल्ला दार्चुला महाकाली गा.पा वडा नं.४ घर भई हाल जि. सुर्खेत वीरेन्द्रनगर नगरपालिका मा रहेको उक्त प्रा.लिको व्यबस्थापक तथा कर्मचारी हैसियत्मा रहेका बर्ष २४ को कृष्ण धामी, जिल्ला अछाम कमल बजार न.पा ६ घर भई हाल जि. सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा रहेको उक्त प्रा.लिको बर्ष २४ को कमल शाही ,जिल्ला अछाम कमल बजार न.पा ६ बस्ने हाल जि. सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा रहेको उक्त प्रा.लिको बर्ष २२ को रबिन्द्र शाही,जिल्ला कन्चनपुर महाकाली नगरपालिका वडा नं. २ घर भई हाल जि. सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा रहेको बर्ष २२ की मनिषा सिंह, जिल्ला कन्चनपुर बेल्डाडी गा.पा वडा नं. १ घर भई हाल जिल्ला सुर्खेत वीवीरेन्द्रनगर नगरपालिकामा रहेको उक्त प्रा.लिको कर्मचारी बर्ष २१ की निर्मला धामी,जिल्ला बैतडी सिगास गा.पा वडा नं. ६ घर भई हाल जि. सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा रहेको उक्त प्रा.लिको कर्मचारी बर्ष २२ की सुनिता साउद,जिल्ला डोटी बडिकेदार गा.पा वडा नं.४ घर भई हाल जि. सुर्खेत वीरेन्द्रनगर नगरपालिका मा रहेको उक्त प्रा.लिको कर्मचारी वर्ष २२ की कमला चिमाला रहेका छ्न।

 जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मुलपानी चोकमा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि मार्फत ग्लोवल ओरियन्स नेपाल प्रा. लिमा बिभिन्न जिल्लाका बेरोजगार युवायूवतीलाई सिप सिकाइ राम्रो तलब सुबिधा सहित रोजगारी दिलाउने भनि बार्षिक २० हजार रुपैया तिरेर खाना बस्न सहित घर भाडा कोठामा राखी नेटवर्किङ मार्केटिङ गराउदै आएको थियो। 

 बिभिन्न प्रलोभनमा पारी आफु मातहत नेटवर्कमा नया सदस्यलाइ आबद्द गराइ प्रति व्यक्ति रु.५० हजार देखि २ लाख६० हजार रुपैया सम्म रकम जम्मा गर्न लगाई स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र ग्लोवल ओरियन्स नेपाल प्रा.लिले  करोडौ रकम ठगी गरेकाले पिडितहरुले दिएको जाहेरी दरखास्तमा ठगी गर्ने कम्पनीका संचालक कर्मचारीहरु लाई कानून बमोजिम हदै सम्मको कारबाहीको माग गरेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिर राज शाही ले जानकारी दिनु भयो ।