काठमाडौ: झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारत विहारका २८ बर्षीय सुरज कुमार साह,अर्जुनधारा नगरपालिका- ५ का २५ बर्षीय अजय धिमाल र मेचीनगर- ३ का ४३ बर्षीय हरिलाल न्यौपाने रहेका छन।
साउन ०४ गते झापाको दमक नगरपालिका- ५ स्थित लागू औषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत विहारका २८ बर्षीय सुरज कुमार साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४२ ग्राम १७ मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३७ हजार ९ सय रुपैया बरामद गरेसगै पक्राउ गरेको हो ।
त्यस्तै लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले अजय धिमाललाइ २ ग्राम खैरो हेरोइन र मेचीनगर नगरपालिका- ६ बाट न्यौपानेलाइ उनकै घरबाट १ किलो ५२८ ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय नकलबन्दाले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।कोशी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिनु भयो।


0 comment