काठमाडौ:जिल्ला सुर्खेत वीरेन्द्रन नगरपालिका वडा नं.१० स्थितमा रहेको भिडिज कर्णाली रिपोर्ट प्रा. लीमा काम गर्ने कर्मचारीलाई खुकुरी, हात मुक्काले कुटपिट गरी सक्त घाईते बनाई फरार रहेका एकजनालाइ जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं १ बस्ने बर्ष ४० को बिनोद गिरी रहेका छ्न। घटना पछि फरार रहेका गिरीको  खोजि  गर्ने क्रममा प्रहरीले  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०१ स्थितमा फेला पारी पक्राउ गरेको हो।गिरी माथि  ज्यान सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिर राज शाहीले जानकारी दिनु भयो। ।

गिरी माथी पटक पटक विभिन्न कसुरमा चलेको मुद्धा यश प्रकार छ 
 मिति २०७० मसिर २८ गते नगद तथा जिन्सी समेत लुटी लगेको डाँका चोरी मुद्दा चलेको
 मिति २०७० चैत्र २७ गते हेल्मेटले हानी ज्यान मार्ने द्योगमा मुद्दा चलेको।
मिति २०७१असोज २६ गते केही सार्वजनिक अपराधमा मुद्दा चलेको ।
मिति २०७२ चैत्र २७ गते ज्यानमार्ने उद्योग मुद्दा चलेको।
मिति २०७८भदौ ११ गते धारिलो हतियार खुकुरी, तरवार र घुँडा समेतले प्रहार गरी हात काटी ज्यानमार्ने उद्योगमा मुद्दा चलेको
मिति २०८० जेष्ठ १० गते खुडा, नक रडले प्रहार गरी सख्त घाईते बनाई ज्यानमार्ने उद्योगमा मुद्दा चलि सकेको प्रमुख शाहीले बताउनु भयो।