काठमाडौ: "वर्ल्ड अफ डांस नेपाल” सीजन १ का विजयी तीनै  टिम दुबई मा सम्पन्न  “वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउण्ड २०२५” को ग्रान्ड फिनालिमा  उत्कृष्ठ पाँचमा पर्न सफल भएको छ | 
विश्वभरिका ५० टिम बिचको प्रतिष्पर्धामा नेपाल बाट गएका द ब्रेभ गोर्खा ओपन डिभिजनको  तेस्रो स्थानमा,  क्रिएटर्स क्रू ओपन डिभिजन कै चौथो स्थानमा र  एन डी ए क्रु भर्सिटी डिभिजनको  पाँचौ स्थानमा, रहेका छन्  |  विश्वका धेरै राम्रो टिमहरुलाई पछी पार्दै नेपालले पहिलो प्रयासमै यो स्थान प्राप्त गर्न सफल भएको हो | 
प्रतिस्पर्धामा कोरियाले   द्वितीय स्थान हासिल गरेका छन् भने  फिलिपिन्सको टिम विजयी भएको छ |  

दुवई मा भएको क्वालिफायर्स राउण्ड अघि नेपालले  विभिन्न राउंड पार गरि त्यहाँसम्म पुगेको थियो | 
वर्ल्ड अफ डान्स नेपालको पहिलो संस्करणका यी तिनै टिम विश्वस्तरमा भएको खुल्ला च्याम्पियनसिपमा देशलाई प्रतिनिधित्व गर्दै भाग लिएको यो पहिलो पटक हो, त्यसैकारण यो एक ऐतिहासिक क्षण हो - वर्ल्ड अफ डान्स नेपालका  नेशनल डाइरेक्टर रोशन गहतराज बताउंछन्  | उनि कोरियोग्राफर रोहिया महर्जन र सृष्टि महर्जनका साथ तिन वटै  टिमलाई लिएर दुवई पुगेको थियो | 

नेपाली संस्कृति र नेपाली राष्ट्रिय झण्डाका साथ् अरु भन्दा भिन्न प्रस्तुति दिएका नेपालका लागि तिनै जना निर्णायक मण्डलले उठेर सम्मान गरेको थियो| 
  वर्ल्ड अफ़ डांस नेपालका क्रिएटिव डाइरेक्टर जेडी तमू भन्छन - “यो हाम्रो  लागि एक नयाँ शुरुवात हो र पहिलो प्रयासमै यो स्तरको उपलब्धि देशकै निम्ति एक उदाहरण हो | 

अब हामी अर्को वर्ष अझ बलियो तयारीका साथ जानेछौं र नेपालका लागि बिजयी झण्डा फ़र्फ़राउनेछौं |” 
पहिलो प्रयासमै उत्कृष्ठ पांचमा पर्न सफल भएसंगै  यसै शोका आयोजक टिमले एकदमै धेरै प्रशंशाका साथ् भविष्यमा नेपाली टिमसँग सहकार्य  गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् |- निर्देशक रोशन गहतराज भन्नुहुन्छ |