काठमाडौ:सुनसरीको रामधुनी नगरपालिका-७ स्थित बाँस झ्याङमा बेवारिसे अवस्थामा रहेको ३ सय किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

 साउन १ गते  इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट पंचायनबाट गस्तीमा खटिएको प्रहरी टोलीले १० वटा प्लास्टिकको पोकामा प्याक गरी राखेको बेवारिसे अबस्थामा रहेको ३ सय किलोग्राम गाँजा बरामद गरेको हो ।  बेवारिसे अवस्थामा गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्ति खोज तलास भईरहेको छ ।